Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शर्मिला वाइबा पोखराबाट पक्राउ, कारण के होला?

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।

प्रहरीले उनलाई साइबर क्राइम मुद्दामा पक्राउ गरेको हो । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको स्रोतको भनाइ छ ।

वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो । उनलाई मंगलबार नै काठमाडौं पठाइने ओलियाले जानकारी दिएका छन् ।