शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्यालय हिंडेका दाजु–बहिनी मृत भेटिए

विद्यालय हिंडेका दाजु–बहिनी मृत भेटिए

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • विद्यालय हिंडेका दाजु–बहिनी मृत भेटिए

    पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराइरहेका दाजु–बहिनी मृत फेला परेका छन् । हराइरहेका दाजु–बहिनी विरुवा खोला किनारमा मृत भेटिएका हुन् । शुक्रवार विद्यालय हिंडेका उनीहरु हराएका थिए ।

    विरुवा खोलामा मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले जानकारी दिए । १० बर्षीय शिशिर राई र उनको बहिनी ५ बर्षीय नानुमा राईको शव फेला परेको हो । विद्यालय हिँडेका उनीहरु हराएपछि खोजी कार्य गरिएको थियो ।

    बहिनीको केहि तल र दाजुको केहि माथि खोला किनारमा शव भेटिएको हो । केहि दिनदेखि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । शव पोस्टमार्टमा लागि फिदिम ल्याइँदैछ । उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययनरत थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार