Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्दै

दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने भएको छ । कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो ।

एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने नखुलाइएको एचआरडी कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो ।

त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ।