शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

    लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् । संखुवासभास्थित कोशी राजमार्ग, विपी राजमार्ग, रसुवाको मितेरी पुल, पासाङल्हामु सडक खण्ड, कान्ति लोकपथ लगायतका सडक लामो समयका लागि अवरुद्ध रहेका छन् । त्यस्तै गुल्मीका विभिन्न चार सडक आइतबारदेखि अवरुद्ध रहेका छन् । सोमबार बिहानसम्म अवरुद्ध रहेका सडकको विवरण यस प्रकार रहेको छ । 

    १.  संखुवासभा: भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । गत जेठ ६ गतेदेखि संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

    २- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि साउन १ गतेदेखि मनसून अवधिभर (प्रत्येक दिन बेलुका ५ बजेदेखि विहान ५ बजे सम्म) १२ घण्टा रातिको समयमा विपि राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको छ ।

    ३- रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको । असार २४ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा  बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बढीले बगाउदा सवारी साधन आवत-जावत बन्द भएको छ ।

    ४- रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ र ३ स्थित विभिन्न स्थानमा बाढी आई पासाङल्हामु सडक खण्ड अबरुद्ध भएको छ । साउन १४ गतेदेखि रसुवाको गोसाइकुण्डको वडा नम्बर २ स्थित मित्रराष्ट्र चीनको एरियाबाट नेपालतर्फ बग्ने केरुङ खोला र ल्हेन्दे खोला मिसि रसुवागढी नाका हुदै बग्ने भोटेकोशी खोलामा बाढी आई जिल्ला रसुवा गोसाईकुण्ड-२ स्याउँ पार्किङस्थित पासङल्हामु सडक खण्डमा खोलाले १५ मिटर बाटो कटान गरी मोटरसाइकल मात्र जाने बोटो रहेको सोही र जिल्ला रसुवा गोसाईकुण्ड-३ मेदामुदुङस्थित पासङ ल्हामु सडक खण्ड बाढीले ७ मिटर कटान गरी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

    त्यस्तै रसुवाको उत्तरगया- ५ नौबिसेस्थित गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रु तर्फ जाने सडक खण्ड अन्तर्गत त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि उक्त सडक अवरुद्द भएको छ ।

    ५- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि  बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको छ ।

    ६- रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका- ६ स्थितमा  जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर)  अबरुद्ध रहेको छ ।असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको,मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।

    ७- सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग अबरोध रहेको छ । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

    ८- हुम्लाको सर्केगार्ड गाउँपालीका-१ खच्चास्थित कर्णाली करिडोर अबरोध रहेको छ । सुन १८ गते हुम्लाको सर्केगार्ड गाउँपालिका-१ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    ९- लमजुङको मर्स्याङदी गाउँपालिका- ४ ( बेसिशहर–मनाङ सडक खण्ड )  अवरुद्ध रहेको छ । साउन १८ गतेदेखि लमजुङको मर्स्याङदी- ४ हावाडाँडास्थित बेसिशहर–मनाङ सडक खण्डमा माथिबाट पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    १०- जाजरकोटको नलगाड नगरपालिका-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । साउन १८ गते अबिरल बर्षाको कारण जाजरकोटको नलगाड-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडकमा लेदोसहितको ढुङ्गा माटो आई  सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    ११- सल्यानको राप्‍ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । साउन १८ गते सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ ।

    १२- गुल्मीका विभिन्न सडक अवरुद्ध भएका छन् ।

    - साउन १८ गते कालिगण्डकी गाउँपालिका-१ गरगरे, वडा नम्बर २ को मुल्क, वडा नम्बर ३ को कनौटास्थित कालिगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

    - साउन १८ गते सत्यवती-६ उर्लिखोलास्थित डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

    - साउन १८ गते रुरु-३ सल्लेरीस्थित रिडी तम्घास हाइवे सडक खण्डमा पहिरोको कारण ढुङ्गा खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

    - साउन १९ गते बिहान सत्यवती-५ बादरेभिरस्थित माथिबाट पहिरो आई रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

    १३- बझाङको जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । साउन १९ गते बिहान बझाङको छबिसपाथीभेरा गाउँपालिका-१ सुङ्गाला र बालुवाटारमा  राती परेको बर्षाका कारण सडक माथिबाट पहिरो खसी  जयपृथ्वी  राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट