शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते

    रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन् । मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् ।

    टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए ।

    प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार