शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • लहानमा ट्याङ्कीबाट खानेपानी वितरण

    सिरहाको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण शुरू गरिएको छ ।

    खासगरी उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पुर्‍याएर वितरण गर्न थालिएको हो ।

    ‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको हो ।

    नगर प्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौं ।’

    नगरपालिकाले आगामी पाँच वर्षमा घर–घरमा खानेपानीको धारा पुर्‍याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए । बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, ‘विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।’

    स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए । ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ। तर, लुगा धुन, नुहाउन, गाई भैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकासे पानीको प्रतीक्षा गरिरहेका छौं।’

    खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।

    खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगवीर यादव भन्छन्, ‘छ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।’ पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार