शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नागपञ्चमीले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउँछ- प्रधानमन्त्री ओली

नागपञ्चमीले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउँछ- प्रधानमन्त्री ओली

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • नागपञ्चमीले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउँछ- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नागपञ्चमीको शुभकामना दिदै  नागपञ्चमी पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन भएको बताएका छन्  ।

    प्रधानमन्त्री ओलीले नागपञ्चमी प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको उल्लेख गरेका छन् ।  

    उनले भनेका छन्-  

    आज नागपञ्चमी: पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ । प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं। प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ । आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्। यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ । सबैलाई नागपञ्चमीको शुभकामना !

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट