शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

व्यक्तिको आचरण शुद्ध भए, भ्रष्टाचार आफै अन्त्य हुन्छ : प्रधानमन्त्री

व्यक्तिको आचरण शुद्ध भए, भ्रष्टाचार आफै अन्त्य हुन्छ : प्रधानमन्त्री

‘म पनि एआई भरपुर प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ’

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • व्यक्तिको आचरण शुद्ध भए, भ्रष्टाचार आफै अन्त्य हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्‍याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् । ललितपुरमा आज (शुक्रबार) आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार शून्यमा पुर्‍याउन सकिने तर त्यो कानुन कार्यान्वयनबाट मात्रै सम्भव हुने कुरा नरहेको बताए । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताए। मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताए । गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरूमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सही सदुपयोग गर्न सके राम्रो हुने बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार शून्यमा पुर्‍याउन सक्छौँ । तर यो कानुन कार्यान्वयनबाट हुने कुराबाट शून्यमा पुर्‍याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिबद्धता लियो भने सबै समस्या समाधान हुन्छ ।’

    प्रधानमन्त्री ओलीले भने, ‘कानुनले पत्ता लगाएर, कानुन कार्यान्वयन गर्दा कानुनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानुनबाटै समाधान गर्छु भन्ने कुरा होइन । यसलाई कानुन कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानुनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेसन हो । मान्छेको गुणवत्ता वृद्धि गर्ने कुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्ने कुरा पनि हो । सामाजिक प्लेटफर्महरूमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले मानव मस्तिष्क भन्दा ठुलो कुरा सृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गरे ।

    ‘म पनि एआई भरपुर प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ’
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए ।

    ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनु पर्छ । म पनि एआईको भरपुर उपयोग गर्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ ।’

    तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनु पर्नेमा प्रधामन्त्री ओलीले जोड दिए । उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताए ।

    उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो । मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘त्यसैले आकर्षणको केन्द्र भयो । यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनु पर्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट