शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

धान निर्वाहमुखी मात्र भयो, व्यवसायिक बनाउन नयाँ मोडल चाहिन्छः वीरेन्द्र बहादुर बस्नेत

धान निर्वाहमुखी मात्र भयो, व्यवसायिक बनाउन नयाँ मोडल चाहिन्छः वीरेन्द्र बहादुर बस्नेत

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • धान निर्वाहमुखी मात्र भयो, व्यवसायिक बनाउन नयाँ मोडल चाहिन्छः वीरेन्द्र बहादुर बस्नेत
    वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर नौलो अभ्यास गरिरहेका छन् ।
     
    वि.स २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङको बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना मात्र गरेनन् धान खेतीलाई यान्त्रिकरण र व्यवसायीकरण गरेर मोरङ, सुनसरी तथा झापाका हजारौं किसानलाई आत्मनिर्भर बनाएका छन् । धान दिवसका अवसरमा बस्नेतसँगको  कुराकानी । 
     
    असार १५ गते धान दिवस मनाउने गरिन्छ । यसको औचित्यबारे के भन्नुहुन्छ ?
    धान दिवस भन्दा पनि असार १५ गते भनेको दही चिउरा खाने दिन हो । हामीले त्यसरी नै बुझ्ने गरेका छौं । धानसँग जोडिएको दिन पनि हो । धान दिवस नेपालले मनाउनुको आफ्नैखाले औचित्य छ । किनभने हामी चामल खाने जनसमुदायका हौँ । नेपालीहरुको मुख्य खाद्यन्न नै चामल रहेको हुँदा यो दिनको विशेष महत्व र औचित्य छ जस्तो लाग्छ । 
     
    धान दिवसको औचित्य होला तर धान किसानको चाहीं अवस्था नाजुक छ भनिन्छ नि ? 
    धान किसानहरुको अवस्थाचाहिँ नाजुक नै छ । हाम्रो देशमा करिब ६० प्रतिशत जमिनमा धान खेती छ । यि भनेका सीम खेत हुन, बर्खामा पानी जम्ने खेत हुन् । नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने खेत छन् । हामीले कति चामल खान्छौं भन्ने त यकिन नहोला तर प्रशस्त मात्रामा चामल खाइरहेका छौं । आफैंले उत्पादन गरेर हामी धान– चामलमा निर्भर हुनु पर्दछ । तर धान–चामलमा आत्मनिर्भर छैनौं । हरेक बर्ष ५५ अर्बसम्मको धान आयात गरिरहेका छौं । त्यो के कारण हो भने हाम्रा धान किसानले सही र आवश्यक मात्रामा धान उत्पादन नगरेर हो । धान किन उत्पादान गरेनन् भन्ने विषयमा अलग्गै बहसहरु गर्न सकिन्छ । तर हामीसँग मुलुकको आवश्यक्ता पुर्ति गर्ने क्षमताको जमिन पनि छ । तरपनि धान किसानले धानको उचित मूल्य पाएका छैनन् । जसका कारण धान खेतीबाट फाइदा नभएकाले खेती गर्न उत्साहित भएको देखिदैन् । निर्वाहममूखी परिवारहरुले आफूलाई पुग्नेमात्र धान रोप्ने गर्छन् । खासमा मूल्य र प्रोत्साहनकै अभावमा किसान मर्कामा परिरहेका छन् । यसका कारण नेपालको अर्थतन्त्रलाई ठूलो असर पारेको छ । किसानले धानबाट जुन समृद्धि हासिल गर्न खोजेका थिए त्यो गर्न सकेनन् ।
     
    त्यसोभए किसानलाई कसरी प्रोत्साहित गर्ने त ?  
    जुन कामबाट फाइदा हुन्छ, त्यसमा सबै उत्साहित र प्रोत्साहित भइहाल्छन् । जुन कुराले तपाईलाई प्रोत्साहन गर्न खोज्छ र जुन कुराले अगाडि बढ्न प्रेरित गर्छ त्यसमा मानिसहरु सिर्जनशिलताका साथ आगाडि आउँछन् । त्यसकारण धान खेतमा फाइदा भएपछि मानिस आफै र्सिजनशिल भएर आँउछन् । अहिलेको मुख्य समस्या भनेको के हो भने धान खेतीबाट किसानहरुलाई फाइदा नै छैन्, घाटा मात्रै छ । प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ । 
     
    Photo (2) (3).jpg
    यस्तो अवस्थामा तपाईले चाहीं किन धान–चामल व्यवसायमा हात हाल्नु भएको ?
    यो व्यवसायमा प्रवेश गर्नु भनेको समाधन दिनका लागि हो । हामीसँग समाधान छ । हरेक समस्याको सम्भाव्यता र समाधान हुन्छ । धेरै सफल पनि भइसकेका छौं । समाधान खोजेर निचोडमा आउन नसक्दा समस्या भएको हो । गर्नसक्दा धान खेतीबाट किसानलाई फाइदा पनि छ । राष्ट्रले पनि मजाले फाइदा लिनसक्छ । किनभने ५५ अर्बको निर्यात रोक्न सक्नुपर्छ । निर्यात रोक्नु भनेको रियल आम्दानी हो । धानमा देखिएको समस्या समाधानको पहिचान गरिसकेपछि त्यसलाई लागु गर्नुपर्छ । व्यवहारिक हिसाबले लागू गर्न सक्नुपर्छ । 
     
    तपाईंको उद्योगबाट किसानले कस्तो किसिमको सुविधा पाएका छन् ?
    हामीले किसानहरुलाई दुईवटा मात्र डेलिभरी गरेका छौ । न्यूनतम समर्थन मूल्य निर्धारण गरेका छौ । धानको समर्थन मूल्य निर्धारण गरिसकेपछि किसानलाई फाइदा हुन्छ कि हुँदैन किसानले निर्णय गरी खेती गर्ने हो । न्यूनतम समर्थन मूल्यमा फाइदा भएकैले किसानहरुले धान खेती गरिरहनुभएको छ । धान खरिद गरेर पैसा तुरुन्तै उपलब्ध गराइरहेका छौं । खेत पुनःप्रयोग पनि हुनुपर्छ । धान रोपेर झिकिसकेपछि खेतमा अरु पनि खेती हुनुपर्यो । हाम्रोमा देशमा धान दुईचोटी उत्पादन हुन्छ । त्यसले गर्दा जमिनको सदुपयोग पनि भयो अनि धान मिललाई फाइदा हुनेभयो । मिलले दुई छिमलको धान पाउँछ । मिललाई फाइदा हुँदा सस्तो सूपथ मूल्यमा उपभोक्तालाई चामल विक्री गर्न सकिन्छ । हाम्रो पारिस्थितिक पद्दतीका लागि पनि दुई बाली धान उत्पादन गर्नुपर्छ । सरकारको बजेटमा चैते धान उत्पादनमा बृद्धि गरी आत्मनिर्भर हुने भनेर आयो । तर किसानहरु चैते धानको भाउ नपाएर घाटामा गएको समाचारहरु आइरहेका छन् ।
     
    चैते धानको समस्या के छ भने मध्य बर्खामा हार्डवेस्ट हुन्छ । चैते धानको मोइस्चर २२–२५ प्रतिशत हुन्छ । तर धानको मोइस्चर १४ प्रतिशतमा झार्न सकेनौ भने धान बाफिन्छ र बिग्रन्छ । चैते धानलाई सुकाएर भण्डारण गर्न सक्नुपर्छ । हाम्रो मिलले सबैभन्दा ठूलो लगानी सफा गरेर सुकाउने टेक्नोलोजीमा गरेको छ । हामीले यो दुई महिना भित्रमा करिब करिब ६ हजार टन तयारी गर्यौं । चार टन प्रतिघण्टा धान कुट्नसक्ने सानो मिल भएकाले ६ हजार टन चैते धान वर्षाको समयमा हामीले सुकाएर कुटाउन र भण्डारण गर्न सक्छौ  । चैते धान सफल बनाउनका लागि सुकाउने टोक्नोलोजी चाहीं हुनैपर्यो । हामीले त्यसको व्यवस्था गरेका छौं । मूल्य पनि परिवर्तन गर्छौं । सबैभन्दा प्रिमियम धान सुबासी÷बास्नादारलाई हामीले मार्केटिङ गरिरहेका छौं । यो भारतको बास्मती चामल जस्तै हो । झण्डै ९ मिलिमिटर लामो पनि छ । त्यो चैतमा उत्पादन गरेर दशैंताका धानलाई हार्डबेस्ट गर्छौ । यसले किसान, मिल र उपभोक्तालाई पनि फाइदा गर्छ ।
     
    हाम्रो राष्ट्र धानमा आत्मनिर्भर हुन्छ र भोलिका दिनमा निर्यात नै गर्न सकौला । किनभने यो बास्नादार चामल त एउटा वर्गले मात्र खान सक्छन् । हामीले उत्पादन गरिरहेको चामल नेपालमा सबैले खान सक्दैनन् । महंगो छ तर निर्यात गर्न सकिन्छ । सुवासी धान एकदमै राम्रो उत्पादन भएको छ । हाम्रा किसानहरुले दुई सय बिघा जमिनका यो धान लगाएका छन् । समर्थन मूल्य ४० रुपैयाँ किलोमा खरिद गरिरहेका छौ । किसानलाई सवा चार महिना भित्रमा बिघाको एकदेखि सवा लाख रुपैयाँसम्म आम्दानी भएको छ । हामीले भनिरहेको सम्भावनाहरुलाई पुष्टि गरिसकेका छौ ।
     
    यता, हामीले चामल पनि बेचिरहेका छौं । विदेशी चामलसँग प्रतिस्पर्धा  गरेर विदेशी चामल भन्दा गुणस्तरीय र सस्तो मूल्यमा उपभोक्तामा लगेर विक्री गरिरहेका छौं । विदेशबाट आयात गरेको सस्तो चामल टे«डिङ गरेको ल्याइएको छ र व्यापार गरेर ल्याइएको छ । तर भोलि उपभोक्ताहरुले  हाम्रो  चामलको गुणस्तर, मान्यता र इतिहास बुझिसकेपछि नेपाली चामल नै खान रुचाउँछन् । हरेक नेपालीको चाहना नेपाली चामल खाने नै हुन्छ । गुणस्तर  र सस्तो पनि हुने भएपछि किन नखाने त ? यस्ता योजना वा विचार स्थापित हुनलाई वर्ष दिन लाग्न सक्छ । हामी त्यसमा आत्तिएका छैनौं । अहिले उद्योग खोलेका छौं । फाइदामा नै छौं, घाटामा छैनौं । हामीले जुन कार्यक्रम वा मोडल अपनाएका छौं यो नै राष्ट्रले अपनाउनुपर्ने मोडल हो । हरेक खेतीपाती गर्ने तरिका पनि यही हो । हामीले एउटा दृष्टान्त देखायौं । अब यसलाई चलायमान कसले गर्छ म भन्न सक्दिन । कोशी प्रदेशमा चाहीं हामीले नै नेतृत्व लिन्छौं । अर्को वर्ष सायद हामी झापामा ठूलो  मिल सञ्चालनमा ल्याउँदैछौं ।  
     
    धान निर्वाहमूखी मात्र भयो यसलाई व्यवसायी बनाउन के गर्नुपर्ला ? 
    म त एउटा विशुद्ध उद्मशिल व्यक्ति हुँ । खेतमा अन्य वालीहरु पनि लगाउन सकिन्छ । धान–तोरी–धानको अवधारणा अनुसार पनि काम गर्न सकिन्छ । यसो गर्दा किसानले दुईदेखि साँढे दुई लाख आम्दानी गर्छन् । हाम्रो मिलको क्षमता तीन हजार बिघा हो  । मोरङ, सुनसरी, झापामा दुई लाख बिघा भन्दा बढी खेतीपाती छ । तीन हजार बिघामा वर्षको दुई लाख रुपैयाँ नेट नाफा गर्यो भने ६० करोड रुपैयाँ नाफा हुन्छ । तीन हजार बिघा भनेको एउटा पालिका बराबरको हो । बेलबारी नगरपालिकाको खेतीयोग्य जमिन तीन हजार विघा भन्दा बढी होला ।
     
    परिकल्पना गर्नुहोस, हामीले दिएको जुन न्यूनतम मूल्य छ त्यो सबै धान खेतीमा लागु गर्न सकिन्छ । हाम्रै मोडालिटी पालना गर्ने हो भने निर्यात बढाउन सकिन्छ । आयात घटाउन सकिन्छ । हामीले व्यवहारमा परिर्वतन गरिसकेका छौँ । अब त्यसलाई पालना गर्ने वा गराउने जिम्मा अरुकै हो ।  राज्यले हामीलाई कति साथ दियो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर हामीले काम गरेर प्रमाणित गरिसकेका छाँै । अब त्यो कुरालाई नवउद्यमीहरुले कसरी लैजान्छन भन्ने कुरा उहाँहरुमै निर्भर रहन्छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट