शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण: प्रचण्ड

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण: प्रचण्ड

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण: प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताएका छन् ।

    भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

    ‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सीप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो । यो अभियानको प्रत्येक घर परिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निःशुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । नेपालको धनकुटालाई एभोकाडोको राजधानी भनेर चिनिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार