शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निगुरो बेचेर घरखर्च चलाउँदै कुमाल समुदाय

निगुरो बेचेर घरखर्च चलाउँदै कुमाल समुदाय

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • निगुरो बेचेर घरखर्च चलाउँदै कुमाल समुदाय

    गुल्मी जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ ।

    विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरु फर्कने गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने कुमाल सकुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जङ्गल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ ।

    मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन् । जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जङ्गलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । आफूले निगुरो बिक्री गरेर मासिक ३० हजार रुपैयाँ सम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्ववती मुखिया बताउँछन् । उनलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ ।

    एक मुठा निगुरो ५० रुपैयाँ मा बिक्री गर्ने गरेको मुखियाले बताए । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” मुखियाले भने ।

    जङ्गलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ । यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ । जङ्गलबाट टिपेर ल्याएको निगुरोलाई सुरूमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।

    निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताइन् । “दिनभर जङ्गलमा जाने होे, घाम पानी नभनेर निगुरो टिप्छौँ”, उनले भनीन् । सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरुको आवश्यकता पूरा गर्छीन् ।

    “आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उनले भनीन् । बर्खाको समयमा जङ्गलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उहाँहरूलाई त्यत्ति सहज भने छैन ।

    गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजीखोजी पठाउने प्रचलन छ । बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका व्यक्तिका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्गानिक निहुरोको बजारमा प्रसस्त माग हुने गर्दछ ।

    निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए । निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम १० हजारदेखि ३० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार