शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images
अन्तर्वार्ता:

नेपालमा जनावरका लागि कानुन छैन्, भएको मापदण्ड कागजमै सिमित छः स्नेहा श्रेष्ठ

नेपालमा जनावरका लागि कानुन छैन्, भएको मापदण्ड कागजमै सिमित छः स्नेहा श्रेष्ठ

जेठ ८, २०८२ बिहिवार
जेठ ८, २०८२ बिहिवार
  • नेपालमा जनावरका लागि कानुन छैन्, भएको मापदण्ड कागजमै सिमित छः स्नेहा श्रेष्ठ

    ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिएन् । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्यो । परिवारको सदस्यझैं अत्यन्तै माया गरेर पालेको जाराको मृत्युपछि स्नेहा उजुरी लिएर प्रहरीकहाँ पुगिन । तर प्रहरीले उजुरी नै दर्ता गराएन् ।

    एउटा निर्दोष जनावरको निर्मम तरिकाले हत्या भएपछि स्नेहा भावुक बनिन् । कानुनी कारवाहीको प्रक्रिया पनि अघि नबढेपछि उनले कठोर सोच, निडर विश्वास र लगनशिलताका साथ जीवनलाई नयाँ बाटोतर्फ डोहोर्याइन् । प्राणीप्रेमी अर्थात पशु अधिकारकर्मी बनेर उनले सयौं ‘जारा’हरुलाई नयाँ जीवन दिइरहेकी छन् ।  

    भनिन्छ, जीवनमा कुनै राम्रो परिवर्तन र सफलताको लागि मानिसले खराब र कठोर परिस्थितिको सामना गर्नुपर्छ । सकारात्मक पलको पर्खाइमा तितो अनूभूतिलाई आत्मसाथ गर्ने आँट र साहस राख्नुपर्छ । परिस्थिति नै त्यस्तो बनिदिन्छ कि कतिबेला कुन घटनाले मानिसको पूरै जीवनलाई नसोचेको बाटोतिर मोडिदिन्छ ।

    Photo (18).jpg

    त्यसैले त स्नेहाले तितो अनुभवलाई मिठो रुपमा ग्रहण गरेर सयौं प्राणीको जीवन बदलिदिएकी छन् । हुनत उनीमा ‘एनीमल केयर सेन्टर’ खोल्ने सोच पहिले कहिल्यै आएको थिए । तर आफ्नै सन्तान सरहको ‘जारा’को हत्यापछि विछिप्त बनेकी उनले बेबारिसे बनेका सयौं प्राणीहरुको नयाँ जीवन दिइरहेकी छन् । बेवारिसे अवस्थामा रहेका जनावरहरुको साहारा बनेकी छिन् र जनावरप्रेमी बनेर आफ्नो परिचय बदलेकी छिन् ।

    आफ्नै घरमा भएको दुःखद घट्नापछि एनिमल केयर संचालनमा ल्याउने सोचका साथ २०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’दर्ता गरेर उनले जनावरहरुको सेवासुरु गरिन् । उनी भन्छिन् ,‘२०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’रजिस्टार गरेर सुरु गरेर काम सुरु गरेकी हुँ । खासमा मेरो कुकुरलाई छिमेकीले पोइजन खुवाएर मारिदिए ।  कुकुरलाई बचाउन सकिन । कुकुरलाई जसले पोइजन खुवाएको थियो उसलाई कानुनी कारवाहीमा ल्याउन पनि सकिएन् । सोही घटनापछि ‘स्नेहाज केयर’ सुरु गरेकी हुँ ।’

    उनले कुकुरमात्र नभएर गाईका बाच्छाहरु, भैसीहरु,मन्दिरमा बलि दिन लगेको बोकाहरु, बुढो भएर दुध नदिने गाइहरुको उद्दार गरेकी छिन् । उनी भन्छिन् ,अहिले यहाँसम्म आइपुग्दा सडकमा बेबारिसे छाडेका बाच्छा, भैसी, मन्दिरमा बलि दिन लगेको बोका, खसी, बुढो भएर दुध नदिने भएपछि छाडिएका गाई भैंसीको उद्दार सुरु गरेको हुँ । यसबीचमा सुंगुरहरुको पनि उद्दार गरेका छौं । सुरुवातीमा कुकुरको उद्दारबाट कामको थालनी गरेपनि अहिले सबै जनावरलाई माया गर्छु । उद्दार गर्छु ।’

    स्नेहा केयरमा हाल १५० भन्दा बढी कुकुरहरु छन् । रातमा उनीहरु भुक्दा बाधा पुर्याउने भएको कारण छिमेकीहरुबाट हटाउन दबाब आइरहेको उनले सुनाइन् । ‘काम सुरु गर्नेबेला यहाँ घरहरु थिएनन् । हाल यहाँ आसपास ३०–४० वटा घर बनिसकेका छन् । भुकेर बाधा पुगेपछि हामीसँग विकल्प छैन् । यहाँबाट अन्त सर्न खोजिरहेको छौं तर हामीलाई समय दिनुको सट्टा आजै जाउ, भोली नै जाउँ भनेर दुःख दिइरहेको छन् । वडाहरुमा गएर हामीले गर्दा रेबिज धेरै फैलियो भनेर गुनासो गर्नुहुन्छ । तर रेबिज कम गराउन यस्तो काम गरिरहेका छौं । यस्तो कुरा कसले बुझिदिने ?’ 
    केयर सेन्टरमा लाग्ने खर्च जुटाउन कठिन भइरको बेला सेन्टर नै सार्नपर्ने कुराले तनाव महसुस भइरहेको उनले सुनाइन् ।

    Photo (10) (1).jpg

    उनका अनुसार स्नेहाज केयरलाई आवश्यक पर्ने आर्थिक सहयोग स्वदेश तथा विदेशमा बस्ने केही नेपालीहरुबाट हुँदै आएको छ । कोही सेन्टरमा आउँदा जनावरलाई नुहाइदिन स्याम्पु र साबुन बोकेर आउँछन् त केही भाइबहिनीले विद्यालयको खाजा खर्च समेत जोगाएर सहयोग गर्न आउने गरेको उनले सुनाइन् ।  उनले भनिन्,‘जनावरहरुलाई नै खुवाउन भनेर ठूलो रकम आउँदैन् । तर नेपालीहरुको मन धेरै ठूलो छ । विदेशमा रहनुभएका नेपाली मन र स्कुल–कलेजमा पढ्ने भाइ बहिनीहरुले आफ्नो खाजा खर्चबाट जोगाएर स्याम्पू, डग फुडहरु लिएर आउनुहुन्छ । भिजिटरहरुले डोनेट गर्नुहुन्छ । सहयोग गर्नेमा १० प्रतिशत विदेशी र ९० प्रतिशत नेपाली नै हुनुहुन्छ । सोही सहयोगले फाउन्डेसन चलिरहेको छ । तर अब नयाँ सेन्टर बनाउनको लागि चाँही ठूलो चुनौती छ ।’

    उनले सरकारबाट त्यति धेरै सहयोग पाएकी छैनन् । ललितपुर महानगरपालिकाले कुकुरहरु बन्द्याकरण गर्न समन्वय गर्नका साथै एउटा एम्बुलेन्स प्रदान गरेको छ ,तर एउटा मात्र एम्बुलेन्स भएको कारण जनावरप्रेमीहरुले भनेको सबै ठाउँमा उद्दारको लागि एकैपटक पुग्न सम्भव नहुने उनको गुनासो छ ।

    ‘ललितपुर महानगरपालिकाले कुकुरहरु बन्द्याकरण गर्न पनि हामीसँग समन्वय गरेको छ । एउटा एम्बुलेन्स प्रदान गरेको छ । जसको कारण नै उपचार गर्न सजिलो भएको छ । तर हामी एकैपटक धेरै ठाउँमा पुग्न सक्दैनौं त्यसैले आजभोली धेरै जनावरप्रेमीको कल म्यासेज आउँछ तर ठाउँमा पुग्न सकिँदैन् । त्यस कारणले पनि उहाँहरु रिसाउनुहुन्छ । त्यसैले यस्तो काम गर्न निरुत्साहित बनाउँछ ।’

    त्यस्तै स्नेहाको अनुसार सरकारबाट जनावरहरुको लागि भनेर बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थाले पाएको छैनन् । देशमा जनावरको लागि ठोस नियम,कानुन नभएको भन्दै भएका ढुवानी मापदण्डहरु र पशुकल्याण निर्देशिकाहरु  पनि कागजमा मात्र सिमित रहेको उनको भनाइ छ ।  उनले भनिन्,‘पशुपंछी विभाग, कृषि मन्त्रालयले जनावरहरुको हेरचाहका लागि बजेट अहिलेसम्म कुनैपनि जनावरको सेवा गर्ने संस्थाले पाएका छैनन् । देशमा जनावरको लागि कानुन नै छैन् । ठोस नियम कानुन नै छैन् ।  केही गाइडलाइनहरु मत्र छन् । पशुकल्याण निर्देशिका छ, ढुवानी मापदण्डहरु छ । तर कागजमा सिमित छ ।’

    पहिलेको तुलनामा जनावरप्रेमीको सङ्ख्या बढेको उनको ठम्याइ छ । विशेषगरी युवा पुस्तामा धेरै जनावरप्रति प्रेम बढेको उनी बताउँछिन् । ‘सडकमा बेवारिसे जनावरहरुको अवस्था त उस्तै नै छ । तर अहिले जनावरपे्रमि चाँही बढेका छन् । चेतना अलि बढेको छ । विशेषगरी युवा पुस्तामा जनावरप्रति प्रेम बढेको छ । घरबाट दिएको पकेट खर्चबाट कहिले डग फुड, स्याम्पू किनेर ल्याउनुहुन्छ,’ उनले भनिन् ।  सरकार र प्रहरीहरुबाट सहयोग नपाएको कारण सयौं घटनामा संलग्न दोषीहरुलाई सजाए दिलाउन नसकेको उनले दुखेसो गरिन् ।

    उनले भनिन्,‘जारा मारोको एउटा घटना भयो । तर त्यस्ता घटना सयौं भइरको छन् । निवेदन नै नलिएको कारण दोषिहरुलाई कारबाही गर्न सकेका छैनौं । किनकी सरकारी क्षेत्र र प्रहरीहरुबाट सपोर्ट छैन् ।’ जनावरको सेवा र संरक्षणका लागि ‘एनीमल केयर’ स्थापना गरेकी स्नेहा अहिले धम्की र डरको वातावरणमा काम गरिरहेकी छन् । जनावरमाथि हुने हिंसाविरुद्ध आवाज उठाएबापत उनी ठूलाठूला व्यक्तिहरूबाट धम्कीको शिकार बनेकी छिन् ।
    ‘काम गर्दै जाँदा ठूलाबडाबाटै फोनमा धम्की आउन थाल्यो, उनले भनिन् ‘तर प्रहरीमा दिएको निवेदन मैले फिर्ता लिएन । फिर्ता नलिएपछि उनीहरू एनिमल केयरमै आइ धम्काएका छन् । दिनदिनै केस फिर्ता लिनुस् भनेर दबाब आउन थालेको छ ।’

    स्नेहाका अनुसार, एउटा गाईमाथि क्रूर व्यवहार गर्ने व्यक्तिविरुद्ध उनले उजुरी दिएकी थिइन् । गाइलाई उद्दार गरेको थियौं । उसको ढाड र खुट्टा भाचिएको थियो । मैले प्रहरीमा उजुरी दिएर त्यो मान्छे थुनामा पनि पुग्यो । तर मलाई यहाँ आएर सांसद एवम नेताहरुले धम्की दिएर गए । मैले नाम राखेको गौरी गाईसँगै वाचा गरेकी थिएँ । जसले यस्तो अवस्थामा पुर्यायो उसलाई कारवाही गर्छु भनेर । त्यो व्यक्ति थुनिएपछि धम्की झन बढ्यो, ’उनले थपिन्, ‘पछि थाहा भयो, उसले अरू धेरै जनावर पनि पालेको रहेछ । अन्ततः म बाध्य भएर निवेदन फिर्ता लिनपर्यो ।’

    Sneha  Shrestha .jpg

    साथै उनले नेपालमा जनावरप्रतिको क्रूर व्यवहारविरुद्ध बोल्न कठिन रहेको बताइन् । ‘केस दर्ता गर्नेबित्तिकै ठूलाठूला मान्छेहरुको फोन आउँछ,’ स्नेहाले भनिन्,‘कसैले आँखा फुटाइदिन्छन्, कसैले तातोपानी र एसिड खन्याउँछन् । यस्ता थुप्रै घटना छन् जुन खुल्न सकेका छैनन् ।’ स्नेहाले बाल्यकालदेखि नै पाठ्यक्रममा जनावरप्रतिको माया सिकाउनुपर्ने आवश्यकता औंल्याइन् । ‘हामीले प्रोटिन, क्याल्सियमका कुरा त पढ्यौं, तर जनावरप्रति माया, जिम्मेवारी र बफादारीबारे केही पढेनौं । बाटोमा कुकुर देख्दा ढुंगा हान्नु हुन्न भन्ने कुरा पनि बाल्यकालदेखि सिकाउनुपर्छ ।’

    सरकारको उदासीनताप्रति पनि उनी असन्तुष्ट छिन् । ‘नेपालमा गाई र कुकुरलाई पूजा गरिन्छ, तर तिनको लागि कानुन छैन भन्ने त लज्जास्पद कुरा हो, उनी भन्छिन्,‘सरकारले कानुन नबनाए पनि चुप लागेर बस्दैनौं ।’ साथै उनले जनावरप्रतिको संवेदनशीलता बढाउनु र कानुनी संरक्षण सुनिश्चित गर्नु आफ्नो मूल उद्देश्य भएको बताइन् । स्नेहाज केयरले प्यारालाइसेस भएका कुकुरलाई छुट्टै वार्डमा राख्ने र उनीहरुलाई हिँडडुल गराउन ह्विलचेयरको व्यवस्था गर्ने गरेको छ । त्यस्ता ह्विलचेयर नेपालमा नबन्ने भएकाले  विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको स्नेहाले जानकारी दिइन् । 

    हेर्नुहोस् यो भिडियो पनि:

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार