शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका होः मीना पौडेल (भिडियोसहित)

मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका होः मीना पौडेल (भिडियोसहित)

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका होः मीना पौडेल (भिडियोसहित)

    समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् । आज शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् ।

    उक्त पुस्तकको चर्चा गर्दै पौडेलले रिर्सचका लागि आफ्नो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकाले समेटेको समेत बताइन् ।

    उनले भनिन् ‘नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकामा समेटेको छ । नेपालको राजनीतिक पद्धति, सामाजिक सांस्कृतिक संक्रमणकाल यो आप्रवासनको बेतिथिमा मानव बेचबिखन के हो भनेर यो पुस्तकले नयाँ परिभाषा दिएको छ । यो पुस्तकले रिर्सचका लागि भूमिका खेल्ने छ ।’ 

    साथै उनले यो पुस्तकमा ज्ञानका थुप्रै पाटाहरु समेटिएको समेत बताइन् । उनले नेपालमा यस्तो खाले पुस्तक पहिलो भएको पनि दाबी गरिन् । उनले भनिन्, ‘नेपालमा यस्तो खाले पुस्तक पहिलो हो जसले केवल घटनाको विवरण होइन, गहिरो विश्लेषण र वैकल्पिक दृष्टिकोण पनि प्रस्तुत गर्छ । यो पुस्तक अनुसन्धानकर्ताहरूका लागि पनि सन्दर्भ सामग्री बन्नेछ । यो केवल व्यक्तिगत अनुभवको किताब होइन, बरु समष्टिगत पीडाको अभिव्यक्ति हो।’

    कार्यक्रममा सहभागी पत्रकार र शोधकर्ताहरूले पनि पुस्तकको विषयवस्तुलाई नेपालजस्तो मुलुकमा गम्भीर बहस सुरु गर्ने आधारको रूपमा लिन सकिने धारणा राखे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार