शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख बढी रकम हिनामिना, दुई जना उच्च सैनिक अधिकृतमाथि अनुसन्धान सुरु

सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख बढी रकम हिनामिना, दुई जना उच्च सैनिक अधिकृतमाथि अनुसन्धान सुरु

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख बढी रकम हिनामिना, दुई जना उच्च सैनिक अधिकृतमाथि अनुसन्धान सुरु

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट दुई करोड बढी रकम घोटाला भएको खुलेको छ। कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिनाको आरोपमा बहावाला दुई जना उच्च सैनिक अधिकृतमाथि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । 

    कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । सोही हिनामिनामा संलग्न दुई जना अवकाशप्राप्त सैनिकलाई भने नेपाली सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीको जिम्मा लगाइएका दुई सैनिकमा अवकाशप्राप्त जमदार आत्मराम थापा र अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी छन् ।

    नेपाली प्रहरीले आवश्यक छानबिन गरी थापा र अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार ‘आपराधिक विश्वासघात’ मुद्दा दर्ता गरेको छ । दायर गरिएको मुद्दामा थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ । 

    उक्त रकम ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ।अभियोगपत्रअनुसार उनीहरूले ०७४ कात्तिक १३ गतेदेखि ०७५ भदौ २६ गतेसम्मको अवधिमा १४४ थान चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ हिनामिना गरेको देखिन्छ । यस्तै, ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा ४० थान चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख छ ।

    सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा विमा शाखाबाट आवास तथा बिमाबापतको रकम भुक्तानी गर्दा काल्पनिक नाम समावेश गरी रकम भुक्तानी गरेको पाइएपछि नेपाली सेनाले अनुसन्धान अघि बढाएको थियो । सेनाले बहालवाला सैनिकमाथि आफै अनुसन्धान गरिरहेको छ भने अवकाशप्राप्त सैनिकमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाई अनुरोध गरिएको थियो । सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले उक्त पत्र ०८१ चैत ३१ गते प्रहरीलाई पठाएको थियो । त्यसपछि प्रहरीले अवकाशप्राप्त सैनिकहरूमाथि अनुसन्धान गरी मुद्दा दायर गरेको हो । सैनिक कल्याणकारी कोषमा जतिबेला यो अनियमितता भएको थियो, त्यतिबेला लक्ष्मण अधिकारी र बोधराज कार्की सेनानी, रोशन खड्का प्रमुख सेनानी र आत्मराम थापा जमदार थिए ।

    ‘म तत्कालीन समयमा कार्यरत रहँदा तत्कालीन सेनानी लक्ष्मण अधिकारी समेतले भनेबमोजिम तथा दिएको लिस्ट बमोजिमको चेक तयार गर्न लगाउने गरेकाले मैले सोहीअनुसार चेकहरू भरिसकेपछि मलाई सो चेकहरूबाट रकम भुक्तानी लिई आउनू भनी पठाउने गरेकाले मैले सो चेकहरू सटही गरी नगदै रकम लिई सो रकमहरू तत्कालीन सेनानी लक्ष्मण अधिकारी र तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी रोशन खड्का समेतलाई दिने गर्दथें’, प्रहरीसँगको बयानमा जमदार थापाले भनेका छन् ।

    बयानका क्रममा थापाले भनेका छन्, ‘तत्कालीन समयमा उक्त शाखामा सबैभन्दा जुनियर कर्मचारी म नै थिएँ, चेन अफ कमान्डमा चल्ने संस्था भएकाले आफूभन्दा दाहिने कमान्डरले भनेबमोजिमको काम मैले गर्ने गर्दथेँ ।’ रोशन खड्का, बोधराज कार्की, आत्मराम थापा र लक्ष्मण अधिकारी समेतले आपसी मिलेमतो तथा योजनामा सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमाबापतको रकम भुक्तानी गर्दा वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिको नाममा नगरी काल्पनिक तथा दोहोरो नाममा गरेको ठहर प्रहरी अनुसन्धानले गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार