शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तपाईंसँग प्रयोगविहीन ह्विलचियर छ ?

तपाईंसँग प्रयोगविहीन ह्विलचियर छ ?

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • तपाईंसँग प्रयोगविहीन ह्विलचियर छ ?

    के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ ।

    हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर डोनेट एण्ड रिपियर सोसाइटी नेपाल’ नामक अभियान लागेको छ । अभियानका अवधारणाकर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोगविहीन ह्विलचियर सङ्कलन गरेर आवश्यक पर्दा मर्मतसमेत गरी विपन्नसम्म पु¥याउने अभियानमा लागिरहेका छन् ।

    विदेश जाने रकम घटाउन र विपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । “यहाँ विदेशबाट ह्विलचियर आयात गरिन्छ । त्यसका लागि बर्सेनि करोडौँ रकम बाहिरिन्छ । त्यसैले यहाँ बिग्रिएर बसेका, कबाडीका रूपमा रहेका ह्विलचियरलाई आवश्यक मर्मत गरी पुनःप्रयोग गर्ने अभियानमा लागेका छौँ । यसले विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै विपन्नलाई निकै सहयोग पुग्नसक्छ”, राउतले भने ।

    सन् २०२५ को सुरुआतसँगै सुरु भएको अभियानमार्फत हालसम्म छ जनालाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । अभियानी राउतले पहिलो ह्विलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुसीबाट प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरित गरिरहेको बताए । उनले भने, “हामीले कतै बिग्रिएर बसेका ह्विलचियरलाई खरिद गरेर वा सहयोगमा लियर आवश्यकताअनुसार मर्मत गरेर वितरण गर्ने गरेका छौँ । मर्मतका लागि नारायणी बहुप्राविधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासँग समन्वय गरेर काम भइरहेको छ ।”

    हाल आर्थिक रूपमा विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गर्ने उद्देश्यले अभियान काम सुरु भए पनि आगामी दिनमा वैशाखी, वाकर र नक्कली खुट्टासमेत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार