Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नाबालिका बलात्कारको आरोप लागेका पूर्वमेयरलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ। 

आफ्नै संरक्षणमा रहेकी एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका पूर्वमेयर शिवाकोटीमाथि उच्च अदालत विराटनगर, इलामका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा निर्दोष हुन् भन्न सकिने स्थिति नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

अदालतले थुनामा पठाएपनि स्वास्थ्य अवस्थाको कारण देखाउँदै पूर्वमेयर शिवाकोटी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ५ महिनादेखि रहँदै आएका थिए।