शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अन्ततः धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने

अन्ततः धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • अन्ततः धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने

    धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।

    गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो । सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाईते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाईते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भईरहेको छ ।

    विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
    डा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ ।

    बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट