Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

राम चरणसँग मुख्य भूमिकामा देखिँदै जान्हवी, के भन्छन् बोनी कपूर?

बलिउड अभिनेत्री जान्हवी कपुर पछिल्लो समय आफ्नो तेलुगु डेब्यूका कारण चर्चामा छिन् । एकातिर अभिनेत्री जुनियर एनटीआरसँग ‘देवरा’ मा मुख्य भूमिकामा देखिनेछिन् भने रामचरणसँग ‘आरसी १६’ मा पनि अभिनय गर्ने खबर आएको छ ।

जान्हवी अहिले जुनियर एनटीआरसँग फिल्म ‘देवरा’मा काम गरिरहेकी छन् । यो फिल्मबाट अभिनेत्रीले तेलुगुमा डेब्यु गर्दैछिन् । यो चलचित्र कोरतला शिवाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश राज, श्रीकान्त, शाइन टम चाको, नारायण, कलैयारासन, मुरली शर्मा र अभिमन्यु सिंहको सहयोगी भूमिका रहेको छ । साथै ‘आरसी १६’ मा जान्हवीको भूमिकाले उनलाई तेलुगु सिनेमामा आफ्नो अभिनय कौशल देखाउने अर्को ठूलो अवसर दिएको छ। यो खबर सार्वजनिक भएपछि जान्हवीका फ्यानहरु उत्साहित भएका छन् ।

यसैबीच, फिल्म निर्माता तथा जान्हवीका पीता बोनी कपूरले सबै हल्लाहरुको अन्त्य गर्दै जान्हवीले आफ्नो दोस्रो तेलुगु प्रोजेक्ट साइन गरेको पुष्टि गरेका छन्। उनी चाँडै रामचरणसँग उनको आगामी प्रोजेक्ट बुकी बाबु सानासँग स्क्रिन सेयर गर्दैछिन्।

उनले भने ‘मेरी छोरीले जुनियर एनटीआरसँग फिल्मको सुटिङ गरिसकेकी छिन् । उनी छिट्टै रामचरणसँग पनि फिल्म सुरु गर्दैछिन् । रामचरण र जूनियर एनटीआर धेरै राम्रा छन्। जान्हवीले धेरै तेलुगु फिल्महरू हेरिरहेकी छिन् र उनीहरूसँग काम गर्न पाउँदा धन्य महसुस गर्छिन्। मलाई आशा छ दर्शकले जान्हवीको फिल्म देवरालाई मन पराउनेछन् । जान्हवीले छिट्टै सूर्यासँग पनि स्क्रिन सेयर गर्दैछिन् ।’

श्रीमती श्रीदेवीलाई सम्झँदै उनले भने, ‘श्रीदेवीले पनि धेरै भाषामा अभिनय गरेकी छिन्, मलाई आशा छ मेरी छोरीले पनि त्यस्तै गर्नेछिन् ।

रामचरणको फिल्म ‘आरसी १६’ को बारेमा कुरा गर्दा यसलाई बुची बाबु सानाले निर्देशन गर्नेछन् । आरसी १६ मा रामचरणका अलावा जान्हवी कपूर र शिव राजकुमार मुख्य भूमिकामा देखिनेछन्। कन्नड सुपरस्टार शिवले यो फिल्मबाट तेलुगुमा डेब्यु गर्न लागेका छन् ।