Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

केटी पेरीले किन गरिन् ‘अमेरिकन आइडल’ छोड्ने घोषणा

अमेरिकी गायिका केटी पेरीले अमेरिकी गायन रियालिटी शो ‘अमेरिकी आइडल’ छोड्ने भएकी छन् । सात सिजनमा जज बनिसकेकी ३९ वर्षीया केटीले गत सोमबार राती जिमी किमेल लाइभमा शो छोड्न लागेको खुलासा गरेकी हुन् ।

‘मलाई लाग्छ कि यो मेरो अन्तिम शो हो । आइडलका लागि मेरो अन्तिम सिजन हुनसक्छ’, उनले भनिन् । उनले आफ्नो निर्णयको व्याख्या गर्दै आफूले संसार हेर्न चाहेको उल्लेख गरेकी छन् । योसँगै उनले नयाँ गीत श्रोता र दर्शकमाझ ल्याउने संकेत पनि दिएकी छन् ।

पेरी सन् २०१८ देखि यो शोको निर्णायक रहँदै आएकी छन् । जिमीले केटीलाई ‘अमेरिकन आइडलमा कति समय बस्ने ?’ भनेर सोधेपछि ‘द रोर’ गायिकाले आफूले शो छोड्न लागेको खुलासा गरेकी हुन् ।

katy-perry.jpg

‘यसले मलाई अमेरिकाको मुटुसँग जोडेको छ, तर मलाई लाग्छ कि म बाहिर जानुपर्छ र त्यो नाडी आफ्नै धड्कनमा महशुस गर्नुपर्छ’, उनले कारण खोलेकी छन् । तर उनले भविष्यमा शोमा फर्कने कुरालाई पूर्ण रुपमा अस्वीकार गरिनन् । ‘यदि तिनीहरुले एकदिन मलाई पाउन चाहे भने म फर्केर आउनेछ’, उनले भनेकी छन् ।

पेरी गत आइतबार अमेरिकन आइडलको बीसौं सिजनको प्रिमियर अघि जिमी किमेल लाइभमा उपस्थित भएकी हुन् । जहाँ उनी निर्णायक मण्डलका अन्य सदस्य सोल एण्ड आरएण्डबी लेजेन्ड लियोनेल रिची र कन्ट्री सिंगर लुक ब्रायनसँगै बसेकी थिइन् ।

केटीको निर्णयमा जुरीका दुई सदस्यले कस्तो प्रतिक्रिया जनाए भनेर जिमीले सोधेका थिए । ‘उनीहरुलाई थहा छ कि मैले यो वर्षका लागि केही योजनाहरु बनाएको छु । म नयाँ पखेंटाका लागि ठाउँ सिर्जना गर्दैछु’, केटी भन्छिन्, ‘उनीहरुले सोचे, म केही समयका लागि स्टुडियोमा छु । त्यसकारण उनीहरुले केही छ भनेर सोचे ।’

‘क्यालिफोर्निया गल्र्स’ गायिकाले गत वर्षको मेमा राजा चाल्र्स तृतियको टेलिभिजन कोरोनेसन कन्सर्टमा दिइएको प्रस्तुतिलाई पनि स्मरण गरेकी छन् ।पेरीले सन् २००८ मा गीत ‘आइ किस्ड ए गर्ल’बाट लोकप्रियता पाइन् । सन् २०१० को सुरुवातमा यो गीत चार्टमा हाबी नै भयो । उनले सन् २०२० मा अन्तिम एल्बम ‘स्माइल’ रिलिज गरेकी थिइन् ।

Kety Perry.jpg

उनी ‘अमेरिकन आइडल’का पूर्व निर्णायकहरु सिमोन कोवेल, पाउला अब्बुल, मारिया कारे र निकी मिनाजको पाइला पछ्याउँदै सन् २०१८ मा एबीसीको ‘अमेरिकन आइडल’को १७ औं सिजनबाट निर्णायकका रुपमा जोडिइन् ।

यो शोमा जोडिएपछि केटी केही विवादमा पनि तानिइन् । सन् २०१८ मा एक प्रतियोगीले उनको ओठमा चुम्बन गर्दा उनले आफूले पहिलोपटक चुम्बन गरेकाले असहज महशुस भएको बताएकी थिइन्। गत वर्ष पेरीले आफ्नो पाँच स्टुडियो एलबमको अधिकार २२ मिलियन डलरमा बेचेकी थिइन्, त्यसपछि गत नोभेम्बर दुई वर्षदेखि लसएन्जल्समा बस्दै आएको रेसिडन्सीको अन्त्य गरेकी थिइन् ।

उनले अभिनेता ओर्लान्डो ब्लुमसँग विवाह गरेकी छन् । उनीहरुसँग तीन वर्षकी छोरी डेजी डोभ छिन् ।