शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • २५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

    बउिड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए । जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रुपमा विवाह दर्ता गराएका छन् ।

    हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन् । उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन् । ‘हामीले कानूनका लागि गरेका हौं । मलाई लाग्छ कि भागिदारका रुपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्व राख्छ’, उनले भनेका छन् ।

    उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन् । ‘मलाई आफ्नो विवाहको मिति अरु कसैलाई सुनाउन घृणा लाग्छ, किनकी यो निकै घटिया लाग्छ । मारिया र म यो कुरामा लज्जित हुन्छौं । यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौं’, उनले भनेका छन् ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार