Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

शम्भुजित बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । गीतकार, संगीतकार तथा गायक शम्भुजित बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’मा बासकोटालाई सम्मान गर्न लागिएको हो ।

अवार्ड आगामी फागुन १५ गते काठमाडौंको गोङ्गबुस्थित बिजी ब्याङ्क्वेट र इभेन्टमा आयोजना हुँदैछ । आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका बासकोटालाई पाँच दशकदेखि नेपाली संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको बताइन् ।

आयोजकले यसअघि नै ‘साधना म्यूजिक रिवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिसकेको छ । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।