Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनी (भिडियाेसहित)

कार्टुनिष्ट रवि मिश्रले विहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् । 

Photo (2).jpg

१७ वर्षे करिअरमा अखबार र म्यागेजिनका लागि मिश्रको तीन हजारबढी कार्टुनहरु प्रकाशित भैसकेका छन् । खासगरी राजनीति, समाज र समसामयीक विषयबस्तुमा रहेर उनले कार्टुन बनाउँदै आएका छन् ।

Photo (9).jpg

समाज र राजनीतिमा देखिएका विकृतदेखि असमान पक्षलाई मिश्रले आफ्नो कार्टुनमार्फत व्याङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै आएका छन् । नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनी गरेको बताए ।

Photo (8).jpg

आफ्नो करियरमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा आफैंले छानेका ३५ वटा कार्टुन राखिएको छ । तर, प्रर्दशनीकै लागि भनेर आफूले कार्टुन नबनाएको मिश्रको भनाइ छ ।

Photo (7).jpg


प्रर्दशनीको ‘डिपेक्शन’ नाम दिएका मिश्रले त्यसलाई आफूले समाजमा देखेको घटना र प्रवृत्तिमाथिको चित्रण भएको औंल्याएका छन् । 

Photo (6).jpg

‘डिपेक्सन’ मैंले देखेको समाज, राजनीति र विभिन्न समसामयिक विषयहरुमा देखेका घटना तथा प्रवृत्तिहरुमाथिको चित्रण हो ।

Photo (4).jpg

मैंले कार्टुन बनाउन सुरु गरेको लगभग १७ वर्ष भयो । यो अवधिमा तीन हजार बढी कार्टुनहरु बनाएको छु । ति मध्येको र्याण्डमली छानिएका ३५ कार्टुनहरु प्रर्दशनीमा छन् । मैले प्रर्दशनीकै लागि भनेर कार्टुन बनाएको होइन, धेरैजसो पहिल्यै बनाइसकेका हुन् ।’

Rabi Mishra .jpg