Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेकर्ड तोड्न पाउँदा धेरै खुसी छु, अब अझै राम्रो गर्छु: क्रिकेटर दीपेन्द्र ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व रेकर्ड बनाउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाल फर्किएका ऐरीले रेकर्ड तोड्न पाउँदा खुसी लागेको भन्दै अब अझै राम्रो खेल्ने बताए ।

ऐरीले अहिले टिम एकजुट भएर खेलिरहेको भन्दै अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने बताए । एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न स्वदेश फर्किएको हो ।

एसियाड गेममा सहभागी भएर स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो ।