Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

४१ रनमै मंगोलिया अलआउट, २ सय ७३ रनले नेपाल विजयी

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई १३.१ ओभरमा अलआउट गरेकाे छ । नेपालले ३ सय १५ रनको लक्ष्य दिएको थियाे तर म‌‌गाेलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको हाे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।