Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पुरस्कार अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई दिने घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् । एसियाड खेलमा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ,’ उनले भने । उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । कप्तान पौडेलले एसियन गेम्सलाई लिएर सबै जना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए । उनले एसियाड गेमले टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए । टी–२० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताए ।