लगातारको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त सडकखण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको हो।
लगातारको भारी वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
“लगातार भएको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुन पुगेकाले यो सडकखण्ड भएर चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन अर्को सूचना प्रकाशन नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको छ,” प्रशासनद्वारा जारी सूचनामा भनिएको छ।
प्रशासनले सडकको अवस्था सामान्य भएपछि थप सूचना जारी गर्ने जनाएको छ।