Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

सरकारले सय दिनमै रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले  सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएका हुन् । 

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए। “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उनले भने ।