Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गणेश नेपालीकी श्रीमतीको नागरिकता र विवाह दर्ता बन्यो

त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए  । 

राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।

परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्न सहमत भएको छ ।