Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ४ घण्टासम्म वार्ता, के-के भयो छलफल?

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो वार्ता भएको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा उनीहरूबीच चार घण्टासम्म वार्ता भएको हो।

आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन र लामिछानेबीच पछिल्लो राजनीति अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ।