Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

साना र सावित्री चम्किँदा नेपाल विजयी, सिङ्गापुरलाई १५१ रनले हरायो

नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

मलेसियाको युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २०० रनको लक्ष्य पछाएको सिङ्गापुरले २० ओभरमा ८ विकेट गुमाउदै ४८ रन मात्र बनाएको थियो । 

यस अघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा कुनै विकेट नगुमाएर १९९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अविजित ९८ र सावित्री धामीले अविजित ७८ रन बनाएकी थिइन् ।  

यो जारी प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा शनिबार कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

अब नेपालले अर्को खेलमा मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।