संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार युएईले ईद अल-अधाको अवसरमा कारागारमा रहेका १११ नेपालीलाई आममाफी दिएको हो ।
मन्त्रालयले यो निर्णयलाई नेपाल र युएईबीचको घनिष्ठ मित्रता तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको थप सुदृढ उदाहरणका रूपमा लिएको जनाएको छ । मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधका आधारमा युएई सरकारले उक्त आममाफीको निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।