Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

दीपक भट्ट र प्रदीप अधिकारीको कारागार सरुवा

व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।

उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।

विभागबाट पत्र आएपछि शुक्रबार उनीहरुको कारागार सरुवा गरिएको हो ।