Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

सुन फेरी महँगियो, चाँदीको भाउ पनि उकालो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ६२ सयले बढेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८०  रुपैयाँले बढेर तोलाको ४४५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।