Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

कैलाली–कञ्चनपुरमा डुबान, बाढीको जोखिम बढ्यो

सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर वर्षा भइरहेका कारण कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा परेका छन्। 

मौसम पूर्वानुमान विभागका अनुसार अझै वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई आग्रह गरेको छ।

लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

डुबानका कारण विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्।