कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
कञ्चनपुरको भिमदत्त- १८ बस्ने ५० बर्षीय भण्डारी गाली बेइज्जती सम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला अदालतबाट निज भण्डारीलाई १ महिना कैद र १० हजार जरिवाना हुने फैसला भएको थियो भने उच्च अदालतले थप ७ दिन कैद र थप २ हजार १ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसैगरी निवेदक किरण बिष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ती समेत दिनुपर्ने फैसला भएको थियो । आज पक्राउ गरिएका भण्डारीलाई फैसला कार्यान्वयनका लागि सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
भण्डारी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका थिए ।