Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

प्रहरीले नियन्त्रणमा लियो एक सुकुम्बासीलाई

प्रहरीले एकजना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक शान्ति विरूद्धको कसुरमा शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। 

उनलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ।