Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न आदेश

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ । 

विशेष अदालतका सदस्य न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट सोमबार पौडेललाई थप तीन दिनको म्याद थप गरेको हो ।

यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदै थियो ।

पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।