इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले समस्यामा परेका छन् ।
उनी आवद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन्। उनीहरूले समझौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन्।
समाचार वेबसाइट सिमाफोरका अनुसार, पार्टीका शीर्ष नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्नु हतार हुने बताएका छन्।
उनीहरू मुख्य रूपमा यस सम्झौताबाट अमेरिकालाई के फाइदा हुन्छ, इरानलाई कस्ता सहुलियतहरू दिइन्छ ? यसको दीर्घकालीन राजनीतिक तथा सुरक्षा प्रभाव के पर्छ भन्ने हेर्न चाहन्छन् ।
एक्सियोसको रिपोर्ट अनुसार, ट्रम्प सरकारभित्रै यो समझौतेलाई लिएर मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याक्टक्लिफले इरानले सबै वाचा पूरा गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका छन्।
विदेशमन्त्री मार्को रुबियोले पनि इरानले आफ्नो परमाणु कार्यक्रममा अमेरिकाले अपेक्षा गरेको कदम चाल्न तयार नभएको बताएका छन् ।
रक्षामन्त्री पिट हेगसेथले पनि समझौतेप्रति चिन्ता व्यक्त गरेका छन् ।