Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

लगातार ओरालो लाग्दै सेयर बजार, कारोबार पनि घट्यो

लगातार चौथो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । आज नेप्से ६.३१ अंकले घटेको छ । 

आजको कारोबारपछि नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ४ करोडको कारोबार भयो ।

७३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । व्यापार ०.३१ प्रतिशत बढ्यो ।

बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, हाइड्रोपावर ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य ०.०६ प्रतिशत घटे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ७०३.१० रुपैयाँ तथा एपोलोको ६०२.४० रुपैयाँ पुगेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रो छन् ।