Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा, अहिले कस्तो छ अवस्था?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाने क्रममा बीच बाटोमै उनी दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परी अध्यक्ष साम्पाङको हातमा सामान्य चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन्।

दुर्घटनाको बाबजुद पनि अध्यक्ष साम्पाङ आफ्नो दृढता देखाउँदै पूर्वनिर्धारित कार्यक्रमस्थलमा पुगेका थिए।