Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

अर्थमन्त्री डा. वाग्लेले थाले बजेट कार्यान्वयन छलफल

‍अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरू गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले आजै पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिरहँदा अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल थालेका हुन् ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित विभिन्न मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।