Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । 

डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर चितुवालाई उद्धार गरेको हो ।  चितुवाको आक्रमणबाट घरका तीन जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । 

स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको थियो ।