सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महादेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनावी प्रचारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डल रहेका छन्। स्रोतका अनुसार मण्डल निर्वाचन प्रहरीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।