आज प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सरकारले आयोजना गरेको यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाली सेनाले विशेष प्रदर्शनी गर्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेको थियो ।
सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।