Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

नेपाली सेनाको बस दुर्घटना हुँदा २४ जना घाइते

भोजपुरको नगरपालिका ३ सेतीबगरमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटना भएको हो ।

ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खस्दा २४ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी उपचारका लागि राजधानी काठमाडौं ल्याएको छ ।

सरकारले फागुन २१ को चुनावका लागि सेनालाई समेत परिचालन गरेको छ । सेनाको श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको बस खसेर दुर्घटना भएको प्रहरीको भनाई छ ।