Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।