सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन् । उनीहरूले त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको सुनेपछि आन्दोलनमा उत्रिएको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।