Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।