Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९  म्याग्निच्युडको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।