Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रामेछाप बस दुर्घटना : ६ जनाको उद्धार

दुर्घटनास्थानबाट ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

बस करिब १५० मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उद्धार गरिएका बिरामीहरुलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको छ। बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको उनले जननकारी दिए

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।